सम्पत्ति भएको वृद्धिले नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा २८२ स्थान माथि उठेका छन्।
फोर्ब्सका नतिजा अनुसार यो वर्ष चौधरी अर्बपतिको सूचीमा १ हजार ६४७ स्थानमा छन्। गत वर्ष उनी १ हजार ९२९ औँ स्थानमा थिए। उनी यो वर्ष २८२ स्थान माथि उक्लिएका हुन्।
फोर्ब्सका अनुसार यो वर्ष चौधरीको सम्पत्ति गत वर्षको तुलनामा ३० करोड अमेरिकी डलरले बढेको छ। योसँगै उनको कुल सम्पत्ति १.८ अर्ब डलर पुगेको छ। गत वर्ष उनको कुल सम्पत्ति गत वर्ष कुल सम्पत्ति १.५ अर्ब डलर थियो।
नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानलगायतका विभिन्न देशमा पनि चौधरीको व्यापार विस्तार भएको छ। उनी सीजी ग्रुप ग्लोबल, नबिल बैंक, सीजी फुड्सलगायत विभिन्न कम्पनीसँग आबद्ध छन्। सीजी ग्रुपअन्तर्गत १४३ वटा व्यवस्थापन तथा स्वामित्व लिइएका होटेलको चेनसमेत रहेको छ।