वाणिज्य बैंकहरुको लगानी २.९६ प्रतिशतले मात्रै वृद्धि

वाणिज्य बैंकहरुको लगानी २.९६ प्रतिशतले मात्रै बढेको छ । जसमा १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्ष वैशाख मसान्तसम्म ४२ खर्ब ९८ अर्ब ६१ करोड प्रवाह भएको छ ।राष्ट्र बैंकले चालु आर्थिक वर्ष निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने अनुमान गरेको थियो ।
तर १० महिना पुग्दा जम्मा २.९६ प्रतिशत मात्रैले बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा नबिल बैंकले सबैभन्दा धेरै २५ अर्ब ५३ करोड रुपैयाँ कर्जा विस्तार गरेको देखिन्छ । सो बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि थप भएको कर्जाका कारण यस्तो तथ्यांक देखिएको हो ।

प्रतिक्रिया दिनुहोस