बैंकहरूकै गल्तीले कर्जाको दुरुपयोग बढेको हो – नेपाल रास्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकहरूको लापरबाहीका कारण कर्जाको दुरुपयोग बढेको जनाएको छ । राष्ट्र बैंकको बैंकिङ सुपरिवेक्षण विभागले सार्वजनिक गरेको ‘वार्षिक बैंक सुपरिवेक्षण प्रतिवेदन’अनुसार आर्थिक वर्ष ०७८÷७९ मा वाणिज्य बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतहरूको अनुशासनहीनताले खराब कर्जा मौलाएको निष्कर्ष छ ।
प्रतिवेदनले बैंकिङ क्षेत्रमा भएको बेथिति नियन्त्रण गर्न सहयोग पुगेको पनि उनले बताए । बैंकहरूबाट प्रवाह भएको कर्जा उद्देश्यअनुसार प्रयोग नभएको पाइएको छ । यो केन्द्रीय बैंकको एकीकृत निर्देशनविपरीत हो । बैंकमा उपस्थित नभई एउटा बैंकबाट अर्काे बैंकमा सार्न सकिने कर्जा (एड हक लोन) समेत साँवा–ब्याज तिर्नमा प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख छ । कोभिडको समयमा प्रवाह भएका कर्जाहरू अन्य कर्जाको ओभरड्यु ब्याज र साँवा तिर्नमै प्रयोग भएको पाइएको छ 

प्रतिक्रिया दिनुहोस