बैंकहरुमा निक्षेपसँगै कर्जा लगानी समेत बढ्न थाल्यो

बैंकहरुमा निक्षेपसँगै कर्जा लगानी समेत बढ्न थालेको छ । आर्थिक मन्दीको प्रभाव केही समय यता बैंकहरुमा निक्षेप बढे पनि कर्जा लगानी भने बढ्न सकेको थिएन । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरूमा ५ खर्ब भन्दा बढी तरलता थुप्रिन पुगेको थियो ।चालू आर्थिक वर्षको भदौ महिनामा भने निक्षेपसँगै कर्जा लगानी समेत बढेको केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको छ । बैंकका अनुसार यस अवधिमा १ खर्ब ३२ अर्बले बढ्दै बैंकहरुको कूल निक्षेप ५७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो महिना अर्थात् साउनमा यस्तो निक्षेप १ खर्ब ५९ अर्बले घट्दै ५६ खर्ब १२ अर्ब रुपैयाँ संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस