सूर्य इनर्जी प्राइभेट लिमिटेडले गोरखा जिल्लाको ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत् आयोजना निर्माण गर्ने

सूर्य इनर्जी प्राइभेट लिमिटेडले गोरखा जिल्लाको ९१.१५ मेगावाटको बुढीगण्डकी नदी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको चुमनब्री गाउँपालिकाम अवस्थित बुढीगण्डकी नदीको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो ।
कम्पनीले आयोजनाको काम अघि बढाउन विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजनाको काम अघि बढाउने पनि कम्पनीले जनाएको छ ।विभागले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सूचना प्रकाशित भएको ३५ दिन भित्रमा सरोकारवालालाई लिखित राय/सुझाव पेश गर्न आग्रह गरेको छ । कम्पनीले निर्माण गर्न लागेको आयोजनाको हेडवक्र्सको मूख्य भौतिक संरचनाहरू बुढीगण्डकी नदीको दायाँ किनारमा अध्ययनले दखाएको छ ।विद्युत् गृहको लम्बाई, चौडाइ र उचाई क्रमशः ४० मिटर, १३.५ मिटर र २४.२५ मिटर रहनेछ । विद्युत् गृहमा २ वटा फ्रान्सि  टवाईन रहनेछन र प्रत्येको क्षमता ४५.५ मेगावाट रहनेछन् । यी टवाईनहरूमा पानी खसाली सोसँग जोडिएको दुईवटा र ३ फेज जेनेरेटर मार्फत विद्युत् उत्पादन गरिनेछ । आयोजनबाट वार्षिक सरदर २९३.१ गिगावाट घण्टाविद्युत् उत्पादन हुने पनि अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस