राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता ब्यबस्थापन गर्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्ने भएको छ। बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १४ दिनको लागि ३० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ।२५ पुसमा ३५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएको थियो । त्यसबाहेक पनि राष्ट्र बैंकले ४ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब तरलता खिचेको छ। बुधबार थप ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो। पछिल्लो समय राष्ट्र बैंकले ३.०९ प्रतिशत ब्याजदरमा निक्षेप खिचिरहेको छ।

प्रतिक्रिया दिनुहोस