हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा दोब्बर अर्थात् शत प्रतिशत बढी हो । गत आवको यसै अवधिमा कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । प्रिमियम आम्दानी र लगानीवापतको आम्दानी बढ्दा कम्पनीको खुद नाफामा प्रभाव पारेको देखिन्छ । कम्पनीको खुद प्रिमियम आम्दानी गत आवको यस अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ४९ करोड छ ।