शेयर बजार कारोबार सोमबार आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकको आक्डा दोहोरो अंकले घटे संगै नेप्से परिसूचक १.२७ प्रतिशत अर्थात ३५.०९ अंकले घटेर २ हजार ७२८.८० विन्दुमा आएर सिमित कारोबार मै सम्पन्न भएको छ ।
आजको दिन लाई हेर्दा बलिया र राम्रा मानिएका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४२ प्रतिशतले घटेर ४७४.३५ विन्दुमा झरेको छ भने नेप्सेमा सूचीकृत भएकाहरु मध्येमा ३२१ वटा स्क्रिप्टको २ करोड ११ लाख २ हजार ५४० कित्ता मा सेयर ८ अर्ब १७ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।