सोमबार शेयर बजार (नेप्से) परिसूचक १३.८८ अंकले घटेर २ हजार ५८१.२१ विन्दुमा नै सिमित हुन पुगेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

आइतबार ४ अर्ब ५२ करोडको कारोबार भएकोमा सोमबार ३ अर्ब ५१ करोडको शेयर किनबेच भयो ।
सोमबार ५४ कम्पनीको मूल्य बढ्दा २ सय कम्पनीको घट्यो भने ५ कम्पनीको स्थिर रहन पुग्यो । व्यापार बाहेकका सबै जसो समूहहरुको सूचक समेत घटेका नेप्सेले जनाएको छ । आज धेरै कारोबार हुने कम्पनी मध्यमा लुम्बिनी विकास बैंक, सन नेपाल लाइफ इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, हिमालयन पावर पार्टनर तथा सिटिजन लाइफ इन्स्योरेन्स अगाडि आएका छन् ।

साथै व्यापार ०.५७ प्रतिशत घट्दै जादा जीवन बीमा १.०१, होटल तथा पर्यटन १.२६ प्रतिशत घटेका छन् । बैंकिङ ०.३५, विकास बैंक ०.३७, फाइनान्स ०.१५, हाइड्रोपावर ०.६६, लगानी ०.९७, उत्पादन तथा प्रशोधन ०.३२, माइक्रोफाइनान्स ०.४५, निर्जीवन बीमा ०.४५ तथा अन्य ०.६९ प्रतिशत घटेको नेप्सेको आकडाले जनाएको छ ।