सोमबार शेयरबजारमा हरियाली करिब ६ अर्बको कारोबार

आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टका १ करोड ४५ लाख ४० हजार २२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ९८ करोड ६४ लाख बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ४९ करोड ८५ लाख बढीको सेयर कारोबार भएको थियो । सोमबार सेयर बजार काराबारमा दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १ प्रतिशत अर्थात २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८१ प्रतिशतले बढेर ४७५.७४ विन्दुमा पुगेको छ।
गत शुक्रबार पनि नेप्से परिसूचक १६ अंकले बृहत हुदा कारोबार मा हरियाली छाएको थियो ।

प्रतिक्रिया दिनुहोस