अर्थ मन्त्रालयको नयाँ गाइडलाइनले मंगलबार शेयर बजारमा छ हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर दुई हजार ६३३.६२ विन्दुमा पुगेर बजार लाई थप उत्साहीत बबाएको छ । मंगलबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१९ अंकले बढेर ४६७.४५ मा पुगे संगै नयाँ लगानीकर्ता बढ्ने संकेत देखिएको छ ।
यसैगरी फ्लोट सूचक ३.५६ अंकले बढेर १८१.१३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक ३.१३ अंकले बढेर १५७.९१ मा पुगेको छ । मंगलबार विभिन्न कम्पनीका दुई करोड तीन लाख ८७ हजार ४१३ कित्ता सेयर आठ अर्ब २९ करोड १७ हजार ११५ मूल्यमा खरिद बिक्री भएको छ । सबै उपसमूहमा सकारात्मक देखिएका छन् । मंगलबार कूल २६५ कम्पनीको सेयर वृद्धि भएको थियो ।