नेपालमा ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

आर्थिक वर्षको दोस्रो महिना भदौमा नेपालमा ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका अनुसार भदौमा स्वचालित मार्ग (अटोमेटिक रुट) र स्वीकृति प्रक्रियामार्फत गरी कुल ६ अर्ब ३५ करोड १५ लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको बिभागको आकडाले जनाएको छ ।  जसअन्तर्गत १३६ वटा उद्योग तथा परियोजना स्वीकृत भएका छन् । यो अघिल्लो आर्थिक वर्षको भदौको तुलनामा कम हो । विभागको प्रतिवेदनमा अघिल्लो आर्थिक वर्ष २०८२/८३ को भदौमा ८ अर्ब ९८ करोड ७० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको देखाइएको छ । यद्यपि, चालु वर्षमा भने साउनको तुलनामा भदौमा वैदेशिक लगानी प्रतिबद्धता बढेको देखिन्छ । आगामी दिनमा नेपाल सरकारले वैदेशिक लगानीलाई थप सहकार्य गर्न सकेमा नेपालको आर्थिक वृद्धिदर उच्च हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस