चिलिमे हाइड्रो पावर कम्पनी लि. ले कमायो ३९ करोड नाफा

चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले ३९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले सो मुनाफा आर्जन गरेको हो ।

सार्वजनिक वित्तीय विवण अनुसार दोस्रो त्रैमाससम्ममा ३९ करोड ३८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा नाफा घटेको हो । गत वर्ष यही समयअवधिमा ४० करोड १२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस