विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै

रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको संकुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ । उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न भन्दै आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको छ ।नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएको उल्लेख गरेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा आउँदा ६.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस