दक्षिण अमेरिकी महादेशको फुटबलको प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने

दक्षिण अमेरिकी महादेशको फुटबलको प्रतियोगिता कोपा अमेरिकाको आगामी संस्करण अमेरिकामा हुने भएको छ।
कुल १६ टोलीले सहभागिता जनाउने प्रतियोगितामा दक्षिण अमेरिकाकाबाट १० टिम हुनेछन् भने उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ टिमले प्रतिस्पर्धा गर्नेछन्।
सन् २०२४ को कोपा अमेरिका आयोजना गर्ने पालो इक्वेडरको भए पनि त्यहाँको सरकारले आयोजना गर्न नसक्ने जनाएपछि दक्षिण अमेरिकी फुटबल संघ कन्मेबोलले अमेरिकालाई प्रतियोगिता आयोजना गर्न अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस