आइतबार सामान्य बढेको नेप्से परिसूचक सोमबार १४.५३ अंकले घटे संगै २ हजार ६ सय ४७.०७ विन्दुमा आएर समापन भएको हो ।
आइतबारको दिन १० अर्ब ८७ करोडको कारोबार भएको थियो भने सोमबार तीन सय २७ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर बाट ८ अर्ब ९१ करोडमा कारोबार भएको छ । सोमबार फाइनान्स र व्यापार बाहेक सबै छेत्रको शेयर घटेकोमा लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।