चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंक लि ले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा २०३२.८० % ले बढी हो । गत आवको सोही अवधिमा बैंकले १३ करोड ५ लाख नाफा कमाएको थियो । बैंकको लाभांश वितरण गर्ने क्षमता ३० करोड ६२ लाख रुपैयाँ छ ।
यो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४.८१ प्रतिशतले बढेर ७ अर्ब १० करोड रहेको छ । यस्तै सञ्चालन नाफा ६३६.८१ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड २७ लाख रुपैयाँ रहेको छ ।