निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार पनि राम्रो कारोबार हुन सकेन

साताको पहिलो दिनबाट नै निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार पनि राम्रो कारोबार हुन सकेन । साथै कारोबार  रकम समेत घटेको छ । नेप्से परिसूचक बुधबार ३२.३८ अंकले घटे संगै २ हजार ६ सय ५५.९४ विन्दुमा कायम भएको हो । मंगलबार ८ अर्ब ३२ करोडको कारोबार भएकोमा बुधबार भने ७ अर्ब ५७ करोडको काराेबार भएको छ ।
२८ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने एउटाको स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै २.०९ % घतेको देखिन्छ  । धेरैजसो छेत्र  १ प्रतिशतभन्दा धेरै घटेका छन्  भने बुधबार धेरै कारोबार भएका कम्पनीहरुमा  राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर र एचआईडीसीएल रहेका छन् । साथै
बैंकिङ १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार ०.३० प्रतिशत घटेका छन् भने  उत्पादन समूह १ अंकमुनि रहे । यस्तै २ कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बृहत् देखीएको छ।

प्रतिक्रिया दिनुहोस