नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक १३.६९ अंकले घटेर २ हजार ६ सय ६४.४७ को विन्दुमा रहेको हो ।
बुधबार ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता शेयर ८१ हजार ७०३ पटक खरिदबिक्री हुँदा नौ अर्ब ९० करोड ७० लाख पाँच हजार ५७५ दशमलव शून्य आठको कारोबार भएको हो । जलविद्युत् समूह एक दशमलव १३ प्रतिशतले बढे संगै अन्य सबै समूहको उपसूचक भने घटेका छन् ।
बुधबारको कारोबारमा बुटवल पावर कम्पनी लिमिटेड, प्युअर इनर्जी लिमिटेड र सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।