नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक

नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइल, न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ।
भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयुभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीको छ।
‘भेन्यूको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ,’ कम्पनीले भनेको छ।

प्रतिक्रिया दिनुहोस