फागुन १ गतेवाट लागु हुनेगरी भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य वढ्ने भएको छ । आधिकारिक विक्रेता एमभी दुगड ग्रुपले यसवारे जानकारी दिँदै नयाँ मूल्य सुची समेत सार्वजनिक गरिसकेको छ । कम्पनीका अनुसार यी स्कुटरमा २ हजारदेखी ६ हजार ५०० रुपैयाँसम्मले मूल्य बृद्धि गर्न लागिएको हो । सो मितीबाट स्कुटरको मूल्य वृद्धि हुन लागेको जानकारी दिँदै कम्पनीले पुरानै मूल्यमा किन्न चाहने ग्राहकलाई यथासिघ्र यी व्राण्डको स्कुटर खरिद गर्न आह्वान समेत गरेको छ ।