नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ ।

पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए । नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ । ‘अघिल्लो वर्ष फागुनमै भएको साधारणसभाले पारित गरेपछि सेभेन थ्रीसँग सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस