भारतले न्युजिल्याण्डविरुद्धको टी-२० क्रिकेटमा १६८ रनको कीर्तिमानी जित हासिल गरेको छ । यो, टी-२० क्रिकेटमा रन अन्तरको हिसाबले भारतको सबैभन्दा ठूलो जित हो ।
सबैभन्दा बढी रनको जितको रेकर्ड यसअघि १४३ थियो । भारतले सन् २०१८ मा आयरल्याण्डलाई १४३ रनले हराएको थियो ।
यसपटक न्युजिल्याण्डलाई १६८ रनले हराउँदै भारतले टी-२० सिरिज पनि २-१ ले जितेको छ । राँचीमा भएको सिरिजको पहिलो म्याच न्युजिल्याण्डले २१ रनले जितेको थियो । लखनउमा खेलिएको दोस्रो म्याचमा भारत ६ विकेटले विजयी भएको थियो ।