ग्लोबल आइएमई बैंकले डिबेन्चर  निष्कासन गर्दै

बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्कासन गर्न लागेको छ ।

बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ । 

कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले बतायो ।

सर्वसाधारणलाई छुट्याएको मध्येबाट ३० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी १९ लाख ३० हजार कित्ता भने सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागेको बैंकको भनाइ छ। 

उक्त ऋणपत्र खरिदका न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस