सरकारमा रहने वा नरहने भन्ने बारेमा रास्वपामा अहिले बैठक चल्दै

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक अहिले चलिरहेको छ ।

बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डलाई २ दिनको समय दिएको थियो । उक्त समय सकिएपछि रास्वपाले बैठक बोलाएको हो ।

रास्वपा स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् । रास्वपा बैठकमा गृह मन्त्रालय छाड्ने कि नछाड्ने र सरकारमा रहने कि नरहने भन्नेबारे छलफल भइरहेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस