(रास्वपा) सरकारबाट बाहिरिने निर्णय

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

अब पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिनेछन् । तर बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन भने यथावत् नै राख्ने भएको छ
सरकारमा  गृह मन्त्री ररेका रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलासँगै खारेज भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस