नेपाल रास्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने

राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको निर्णय गर्ने छ।
भोलि २४ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो। राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब रुपैयाँ, ९१ दिनका लागि ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि ७ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। 

प्रतिक्रिया दिनुहोस