हुन्डाई मोटर ग्रुपले १० लाख यूनिट न्यू इनर्जी कार विक्री

दक्षिण कोरियाको गाडी उत्पादक हुन्डाई मोटर ग्रुपले १० लाख यूनिट न्यू इनर्जी भेहिकल विक्री गरेको छ । कम्पनीले सन् २०११ देखि अहिलेसम्मको अवधिमा १० ला यूनिट इलेक्ट्रीक कार विक्री गरेको हो ।

हुन्डाई मोटर ग्रुप अन्तर्गत रहेका हुन्डाई, किया र जेनिसस मिलेर १० लाख यूनिट न्यू इनर्जी भेहिकल विक्री गरेका हुन् । कम्पनीले सन् २०११ मा पहिलो पटक ब्लूअन नामबाट पहिलो इलेक्ट्रीक कार विक्री सुरु गरेको थियो । १६.४ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध उक्त कारले सिंगल चार्जमा १६० किलोमिटर रेन्ज दिन्थ्यो ।

अनि पछि कम्पनीले हुन्डाई ब्राण्डमा कोना, किया ब्राण्डमा निरो जस्ता मोडल बजारमा ल्याएको थियो । साथै इलेक्ट्रीकको लागि ई–जीएमपी प्लेटफर्म बनाएर प्योर ईभी उत्पादनमा आफुलाई केन्द्रित गरेको हुन्डाई मोटर ग्रुपले अहिले आधुनिक ईभीमा राम्रो बजार पाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस