सबैभन्दा ठुलो जलविद्युत आयोजना प्रसारण लाइनमा जोडीदै

अहिलेसम्मकै सबैभन्दा ठूलो सोलु दूधकोसी जलविद्युत आयोजनाको ८६ मेगावाट विद्युत भोलि  बाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण सम्पन्न भईे ‘ड्राइ टेष्ट’ र ‘वेट टेष्ट’ सफल भएपछि विद्युत प्रणालीमा जोडिन लागेको हो ।
लामो समयको बाँध, सुरुङ, पेनस्टेक, विद्युतगृहको परीक्षण पश्चात आयोजनाको विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको प्रवर्द्धक साहस ऊर्जा कम्पनीका अध्यक्ष हिम पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस