माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट

माया खोला हाइड्रोपावरको आइपिओ आज (बिहीबार) बिहान बाँडफाँट भएको छ। 

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ९९ हजार २०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। 

उक्त आइपीओमा कुल १४ लाख ३५ हजार ३१३ जना आवेदकले आवेदन दिएकोमा १ लाख ५६ हजार हजार ६२५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो।  

प्रतिक्रिया दिनुहोस