नेपाल राष्ट्र बैंकले रु. २० दरका ३१ करोड थान नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ।
केन्द्रीय बैंकले आइतबार एक आशयपत्र जारी गर्दै रु. २० दरका नोट छाप्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो। नोट छपाइको जिम्मा राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको छ।