अन्तरबैंक ब्याजदर ८% नाघ्यो

अन्तरबैंक ब्याजदर सतप्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन १ गते अन्तरबैंक ब्याजदर बढेर ८.५ प्रतिशत पुगेको छ। गत माघ १६ गते अन्तरबैंक ब्याजदर ४.०९ प्रतिशतमात्रै थियो।
अन्तरबैंक ब्याजदर बढ्नुले बैंकिङ प्रणालीमा तरलतामा कमीको संकेत गर्ने राष्ट्र बैंकले जनाएको छ । फागुन १ गतेसम्म बैंकहरु औसत सीडी रेसियो ८६.३१ प्रतिशत रहेको छ। गत माघ १६ गते औसत सीडी रेसियो ८६.४६ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस