रास्ट्रबैंक द्वारा एकीकृत निर्देशन जारी

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन, २०७९ जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज फागुन २ गते मंगलबार एकीकृत निर्देशन, २०७९ जारी गरेको हो।

राष्ट्र बैंकले राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई  एकीकृत निर्देशन जारी गरेको हो । बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार एकीकृत निर्देशन, २०७८ र सो पश्चात २०७९ माघ मसान्त सम्म जारी भएका परिपत्र÷निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरिएको एकीकृत निर्देशन, २०७९ जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस