शेयर बजार नेप्से आज पनि ओरालो लाग्यो

शेयर बजार आज बुधवार पनि घटेको छ । हिजो मङ्गलवार १६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९० अङ्कले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ५६ वटा कम्पनीका ४८ लाख १५ हजार कित्ता शेयर एक अर्ब ७३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको छ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो

प्रतिक्रिया दिनुहोस