आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले डाक्यो वार्षिक साधारणसभा

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको सोमबार (फागुन ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–११ सिनागलमा रहेको गौतम भिजेल रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

प्रतिक्रिया दिनुहोस