आइसिसी बिश्वकपका नेपालको चौथो जित

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको नेपाल लगातार चौथो जित निकालेको छ।

सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग-२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको जित निकाल्यो। लिग-२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो।

२१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्‍यो।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले ९५ रन हाने। नटआउट रहेका अर्का खेलाडी करण केसीले ३१ रन हाने। 

प्रतिक्रिया दिनुहोस