दुगड ग्रुपले इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याउने भएको छ । दुगड ग्रुपले पहिलो पटक दुईपांग्रे इलेक्ट्रीक ब्राण्ड भित्र्याउने तयारी गरेको हो । एमभी दुगडले इन्डोनेशियाली ब्रान्ड ‘गेसिट्स’ ब्राण्ड नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले नक्सालमा गेसिट्सका लागि शोरुमसमेत तयार गरिसकेको छ । कम्पनीको शोरुम निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ भने अबको केही दिन भित्रै ब्राण्ड सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
कम्पनी कुन मोडलको स्कुटर सार्वजनिक गर्ने भन्ने बारेमा कुनै पनि जानकारी बाहिर ल्याएको छैन । गेसिट्सका ब्राण्डले दुई मोडलका स्कुटर उत्पादन तथा विक्री गर्दै आएको छ ।