मारुती ग्राण्ड भिटारा यस वर्ष उत्कृष्ट कार

मारुती ग्राण्ड भिटारा यस वर्षको उत्कृष्ट कार भएको छ ।  ग्राण्ड भिटरा भारतको मिडिया अटोकार इन्डिाले वार्षिक रुपमा प्रदान गर्दै आएको ‘कार अफ द इएर २०२३’ घोषणा भएको हो ।   ग्राण्ड भिटाराले महिन्द्रा स्कर्पियो एन, टोयोटा इनोभा हाइक्रस, हुन्डाई टक्सनसहित अन्य प्रतिस्पर्धीलाई पछिपार्दै वर्षको उत्कृष्ट घोषित भएको हो ।
नेपालमा पनि यो एसयूभी छिट्टै बिक्री सुरू हुने भएको छ । सीजी मोटोकर्पले ग्राण्ड भिटाराको हाइब्रिड इन्जिनमा बिटा र अल्फा भेरियन्टमा ल्याउने तयारी गरेको छ । यी दुवै भेरियन्टमा अटोमेटिक गियरबक्स र ई-ड्राइभ टेक्नोलोजी जडान भएको छ ।

प्रतिक्रिया दिनुहोस