भारतीय बजारमा प्रख्यात जीप मेरिडियन नेपाली बजारमा

भारतीय बजारमा प्रख्यात जीप मेरिडियन नेपाली बजारमा प्रवेश गरेको छ । जीपको नेपालका लागि आधिकारिक बितरक लाइफ अटोमोबाइलस् प्रालिले केहि दिन भित्रै बिक्री शुरु गर्ने गरी यो गाडी नेपाली बजारमा ल्याएको हो ।

अमेरिकन अटो निर्माता जीपले भारतमा उत्पादन गरेको ७ सिटर एसयूभी मेरिडियन प्रिमियम एसयूभीमा नयाँ फिचर दिइएको छ । १ करोड ८० लाख ९६ हजार रुपैयाँ निर्धारण गरेर यसको बिक्री शुरु गर्ने तयारी गरेको छ ।

जीप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । जसको अधिकतम पावर १७० पिएस र टर्क ३५० एनएम रहेको छ । यसमा ९ स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस