दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले चाँडै नै आफ्नो प्रसिद्ध सेडान कार हुन्डाई भेर्नाको नेक्स जेनरेस मोडल लन्च गर्ने भएको छ।
भारतीय बजारमा यो कार आधिकारिक रुपमा मार्च २१ मा बिक्रीका लागि लन्च गरिने तयारी गरिएको छ। बजारमा लन्च गर्नुअघि कम्पनीले यस सेडानका धेरै टिजर सार्वजनिक गरिसकेको छ। जसमा यसका केही फिचरहरु सार्वजनिक भएका छन्।
नयाँ हुन्डाई भेर्नामा पनि यस्ता फिचर्स दिइएको बताइएको छ, जुन सेग्मेन्टमा पहिलोपटक देखिनेछ। यो कारको आधिकारिक बुकिङ सुरु भइसकेको छ। जसलाई ग्राहकले कम्पनीको वेबसाइट र आधिकारिक डिलरसिपबाट बुकिङ गर्न सक्नेछन्।