नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो इसेवा खातामा रहेको रकम एटीएम मेसिनमार्फत पनि सहजै झिक्न सक्ने भएका छन्।
इसेवाले हाल एभरेस्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरुआत गरेको हो। इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन।
इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै एटीएमबाट नगद रकम झिक्न सक्नेछन्। यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो। तर, अबदेखि एटीएममार्फत पनि रकम झिक्न सकिने भएपछि इसेवा प्रयोगकर्तालाई झनै सहज हुनेछ।