बैंकहरुले अब आफ्नै निर्णयले ब्याजदर निर्धारण गर्दै

बैंकहरुले आफ्नै हिसाबले ब्याजदर निर्धारण गर्न पाउने भएका छन् । नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को बिहीबार बिहान बसेको बैठकले बैंकहरुलाई आआफ्नो हिसाबले ब्याजदर निर्धारण गर्ने बाटो खोलिदिएको हो। यसअघि ब्याजदर भद्र सहमतिका आधारमा निर्धारणा गरिँदै आएको छ। जुन अब हटेको छ।
पछिल्लोपटक बैंकहरुले वैशाख महिनामा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारेका थिए। बैंकहरुले वैशाख महिनामा संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत, व्यक्तिगत मुद्दति निक्षेपको ९.९९ प्रतिशत र बचतको ब्याजदर ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम गरेका थिए।

प्रतिक्रिया दिनुहोस