नोटको मौज्दात ४.६४ प्रतिशतले घटेको छ । ०८० असार मसान्तमा राष्ट्र बैंकले विभिन्न दरका दुई खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार रुपैयाँबराबरका नोट मौज्दात राखेको छ ।
०७९ असार मसान्तसम्ममा यस्तो मौज्दात दुई खर्ब २७ अर्ब आठ करोड ६७ लाख ४९ हजार थियो । यसबीच नोटको मौज्दात १० अर्ब ५३ करोड ७५ लाख रुपैयाँले घटेको छ ।

कुन दरको नोटको मौज्दात कति ?
एक हजार रुपैयाँ दरका नोटको मौज्दात घटेको छ । १२.४० प्रतिशतका दरले हजारको नोटको मौज्दात घटेको हो । ०७९ असार मसान्तसम्म एक खर्ब ३५ अर्ब ५० करोड रुपैयाँबराबरका हजारका नोट मौज्दात कायम राखेकोमा ०८० असारसम्म आइपुग्दा एक खर्ब १८ अर्ब ७० करोड पु¥याएको छ । बजारमा भने हजार दरका चार खर्ब ४६ अर्ब ८० करोड रुपैयाँबराबर नोट चलनचल्तीमा छन् ।