अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ।

आईएमएफले गत अप्रिलमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। अहिले त्यसलाई घटाएर ०.८ प्रतिशतमा सीमित रहने आईएमएफले प्रक्षेपण गरेको छ ।
आईएमएफले सन् २०२४ मा भने नेपालको आर्थिक वृद्धि ५ प्रतिशत रहने प्रक्षेपण गरेको छ। गत अप्रिलमा सन् २०२४ मा आर्थिक वृद्धि ५.१ प्रतिशत रहने आईएमएफले प्रक्षेपण गरेको थियो।