उद्योगी चौधरीले श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको सञ्चालक समितिको अध्यक्षमा नियुक्त

नेपालकै ठूलो व्यापारिक घराना चौधरी समूहका उपाध्यक्षसमेत रहेका उद्यमी निर्वाण चौधरीले श्रीलंकाको यूनियन बैंक अफ कोलम्बोको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।चौधरीलाई गत बिहिबार यूनियन बैंकको अध्यक्ष पदमा नियुक्त गरेको थियो । उनी नेपालको अग्रणी नबिल बैंकका सञ्चालक समेत हुन् ।चौधरी समूहले झन्डै ०७९ मंसिरमा यूनियन बैंक अफ कोलम्बोको ७०.८४ प्रतिशत सेयर किनेको थियो । श्रीलंका चरम आर्थिक संकटमा फसेका बेला श्रीलंकाको आठौं ठूलो बैंक रहेको यूनियन बैंक अफ कोलम्बोको पनि समस्यामा परेको थियो। चौधरी समूहको सिजी क्यापिटल पार्टनर्सले ९ अर्ब १० करोड श्रीलंकाली रुपैयाँमा उक्त सेयर किनेको थियो । सिजी क्यापिटल पार्टनर्स चौधरीको सीजी कर्प ग्लोबल र रविभक्त श्रेष्ठ अध्यक्ष रहेको आइजे ग्रुप (साबिक एनई ग्रुप)को संयुक्त लगानीमा सिंगापुरमा दर्ता भएको निजी इक्विटी कम्पनी हो।निर्वाण गत अक्टोबर २०२३ मा यूनियन बैंकको सञ्चालक समितिमा सञ्चालक नियुक्त भएका थिए। उनी सिंगापुरमा रहेको सिजी क्यापिटल पार्टनर्स प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा बैंककमा सञ्चालक भएका हुन् ।

प्रतिक्रिया दिनुहोस