बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घट्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घटेको दाबी गरेका छन् । उनले मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको आधार ब्याजदर घटेर एकल अंकमा आएको र बैंक कर्जाको ब्याजदर पनि घटेको बताए ।

‘ब्याजदर घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ,’ उनले भने, ‘पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएको छ । तर, अपेक्षित सुधार नहुँदा चिन्तित छौं र सुधारका लागि गम्भीर गृहकार्यमा छौं ।’

प्रतिक्रिया दिनुहोस