नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक २७ दशमलव ९० अंकले बढेर दुई हजार ५८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय छ कम्पनीको एक करोड पाँच लाख चार सय ९८ कित्ता शेयर ९६ हजार दुई सय ५२ पटक खरिदबिक्री हुँदा रू चार अर्ब चार करोड ८८ लाख ५७ हजार चार सय ५४ बराबरको कारोबार भएको छ । सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ०८ र उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ०८ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस