सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माणका लागि कर्जा सम्झौता सम्पन्न भएको छ ।कम्पनीले एकल ऋण लगानी गर्ने गरी ईलाम जिल्लाको सूर्योदय नगरपालिका र रोङ गाँउपालिकामा निर्माण हुने सिद्धि हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेकोे १० मेगावाट(मेवा) क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा लगानी गर्ने छ ।सो सम्बन्धी सम्झौता अन्तरगत बिहीबारका दिन वित्तीय व्यवस्थापनका लागि सम्झौतामा कम्पनीका प्रमुख–कन्र्सोटियम/इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र सिद्धि हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक सन्तोश राज नेपालले हस्ताक्षर गरेका छन्।परियोजनाको अनुमानित लागत करिब १ अर्ब ७३ करोड (निर्माण अवधीको ब्याजबाहेक) रहेको छ जसमा बैंकले ७५ः२५ को ऋण स्वपूँजी अनुपातमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछ ।