नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६ दशमलव ५७ अंकले सुधार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६ दशमलव ५७ अंकले सुधार भएको छ । आज नेप्से परिसूचक एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार ५९ दशमलव ४९ को बिन्दुमा कायम भएको छ ।

तीन सय नौ कम्पनीको आज एक करोड ३७ लाख नौ हजार दुई सय ७६ कित्ता शेयर ९९ हजार पाँच सय २४ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौ सय छ बराबरको कारोबार भएको छ । म्युचुअल फन्ड शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी जीवन बीमा समूह तीन दशमलव ७२ र अन्य समूह दुई दशमलव ५७ प्रतिशतले बढेको छ । चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड, मोदी इनर्जी लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो ।

प्रतिक्रिया दिनुहोस