नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ४९ अंकले गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता शेयर एक लाख ५० हजार पाँच सय ४३ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ३६ करोड ६० लाख ७० हजार बराबरको कारोबार भएको छ ।
आज व्यापार समूहको उपसूचक शून्य दशमलव ३५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जलविद्युत समूह दुई दशमलव २४ प्रतिशतले घेटेको छ । अपर स्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।